
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा
अध्यक्ष अनित थापा प्रचार प्रसारमा क्रममा सुके मनेभञ्ज्याङ् समष्टिमा”भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा उम्मेदवार “प्रार्थी उदय देवानको सुके पोखरीमा विराट समर्थन कार्यक्रम आयोजित गरिएको छ।
जीटीए चुनावको प्रचार प्रसार युद्ध स्तरमा चलिरहेकै समय आज सुके पोखरी बजार क्षेत्र लगायत सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुसिम्बेङ भालुखोप क्षेत्रबाट 300 सय भन्दा धेरैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आफनो समर्थन जनाए।
भागोप्रमो सुके मानेभञ्ज्याङ समष्टि प्रार्थी उदय देवान स्वंयले संचालन गरेको उक्त समर्थन कार्यक्रममा भारतीय गोरखा प्रजातान्त्रिक मोर्चा संस्थापक अध्यक्ष अनित थापाको विशेष उपस्थिति रहेको थियो। गोजमुमो, गोर्खालीग, जीएनएलएफ, हिल टीएमसी पार्टीहरुलाई त्याग्दै आज भागोप्रमोमा समर्थन जनाउने जन समुदायले अध्यक्ष अनित थापाको बाहुलीबाट भागोप्रमोको दलीय झण्डा ग्रहण गरे।