
आज सुके मानेभञ्ज्याङ समष्टि निर्दलिय उम्मेद्वार श्री पेम्बा शेर्पाको जनताको निम्ति बनाईएको प्रतिबद्धता (घोषणा) पत्र मझुवा श्रीखोलामा जनताकै हातबाट सार्वजनिक गरियो। प्रतिबद्धता पत्र सार्वजनिक गर्दै निर्दलिय उम्मेद्वार श्री पेम्बा सेर्पाले आफुले सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेखित सम्पुर्ण विषयहरुको निश्चितरूपमा समाधान गरेर जाने बताएका छन । राजनैतिक पार्टीहरुले जारी गरेको घोषणा पत्र जनसरोकारसित मेल नखाने परन्तु आफ्नो घोषणापत्र स्तरिय हुनुका साथै समष्टि भित्रका सम्पुर्ण समस्यालाई जनताको दैनिक भोगाइलाई नजिकबाट महशुस गरेर बनाइएको जनाए।
चुनावी प्रचारप्रसारको क्रममा निर्दलिय प्रार्थी श्री पेम्बा शेर्पाले आज मझुवा, बतासे , भिरगाउ,आरुबोटे,सिम्बोङ्गडेरा आदि जस्ता क्षेत्रहरुको भ्रमण गरे।
प्रचारप्रसार अवधी निर्दलिय प्रार्थी श्री पेम्बा सेर्पालाई स्थानिय रैथाने वा मतदाताहरुले आ आफ्नो क्षेत्रमा विद्यमान सम्पुर्ण कठिनाई अनि आधारभुत असुविधाहरुको निराकरण गर्नार्थ निश्चितरूपमा विजयी बनाएर पठाउने प्रतिबद्धता जाहेर गरे।
उपरोक्त ईलाकाका मतदाताहरुले आज पर्यन्त चुनिएर गएका जनप्रतिनिधिहरुले जनताको पक्षमा कुनै पनि ठोस कार्य नगरिदिएकाले आफुहरु स्वतन्त्रता पूर्ब कै जीवन यापन गर्न बाध्य बनिरहनु परेको गुनासो पोख्दै अब यसपालिको चुनावमा पार्टी र नेताहरुलाई उचित पाठ सिकाउने जनाएक छन।