
आसन्न जिटिए चुनावको तारिख नजिक आएसगै उम्मेद्वारहरुको प्रचारप्रसार कार्य तीब्र बन्दै आईरहेको छ । यसै क्रममा सुके मानेभञ्ज्याङ समष्टिका निर्दलिय युवा उम्मेद्वार श्री पेम्बा शेर्पाले पनि आफ्नो चुनाव प्रचार कार्यक्रमलाई गतिशीलता प्रदान गर्दै आज सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गतको राङ्गभाङ्ग ग्रामपन्चायत अधिनस्थ पशुपति फाटक , चारमाईल,पाचमाईल , छब्बिसे,तामाङ्गगाउ, नयाँगाउँ पार्मेन अनि गैरीगाउ आदि जस्ता क्षेत्रहरुको भ्रमण गरेका छन । आज पर्यन्त यी क्षेत्रहरू संरचनागत दृष्टिकोणले विकासबाट विमुख रहेको देखियो अनि विगतमा चुनिएर गएका सभाषद अनि अन्य नेतृत्वले यी क्षेत्रहरुलाई सानिआमाको व्यबहार गरेको स्थानीय मतदाताहरुले जनाए। यी क्षेत्रहरूमा प्रमुख गरि सडकमार्ग अनि सामुदायिक भवन जस्ता बुनियादी कुराहरु पनि उपलब्ध नभएको अनि विगतका सभाषद अनि नेतृत्वहरुले त्यसतर्फ कार्य नगरिदिएको गुनासो संबंधित क्षेत्रमा बसोबासो गर्ने मतदाताहरुले आक्रोशित मुद्रामा गरे।
युवा उम्मेद्वार श्री पेम्बा शेर्पाले आफू युवा भएको कारण आफुले युवाहरूको मर्म नजिकबाट थाहा पाएको अनि युवा रोजगार र युवा खाचो नै आफू चुनावी समरमा आउनुको मुल औचित्य रहेकोले युवाहरुले नै आफुलाई बहुमतले विजयी गराउनेमा आस्वस्त रहेको जनाए।
आफू जुन क्षेत्रमा भ्रमण गर्छु त्यहाँ नै समस्याको पहाड देख्छु भन्दै नेताहरुको असफलता र जनताको आक्रोश उनिहरु माथी विद्यमान देख्दा आफ्नो जित सत प्रतिशत रहेको जानकारी निर्दलिय उम्मेदवार श्री पेम्बा शेर्पाले दिएका छन ।