
इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालयमा प्रधानाध्यापक विकास शर्माको विशेष अध्यक्षतामा आज नव आगन्तुक विद्यार्थीहरुलाई लिएर विद्यालय भवनमा एउटा रंगारंग कार्यक्रमबिच फ्रेससियर वेलकम कार्यक्रम सम्पन्न गरिएको छ। विद्यार्थी अनन्य राई, विनिता तामाङ अनि सुरेखा सार्कीले संयुक्त रुपमा सञ्चालन गरेको यस कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले संस्कृति नृत्य र गीतहरू प्रस्तुत गरेका थिए भने प्रधानाध्यापक विकास शर्मा , सह शिक्षिका संगीता प्रधान तथा अन्यले शिक्षा ,अनुशासन र यसको महत्वमाथि प्रकाश पारेका थिए। कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई खदामाला अर्पण गर्दै बाह्रौ कक्षाका विद्यार्थीहरुले भव्य स्वागत सम्मान जनाएका थिए।