
सुकेपोखरी: सुकेपोखरी संलग्न क्षेत्रमा नयाँ उद्योग शुरूवात गर्न इच्छुक उद्यमी युवाहरूलाई लिएर आज सुकेपोखरी मुहान क्याफेमा एमएसएमई अनि खादी उद्योग विभागका अधिकारीहरूको उपस्थितथिमा सचेतना कार्यक्रम सम्पन्न गरियो। नयाँ उद्योग शुरुवात,स्थापित गर्न इच्छुक तथा उद्योग सँग सम्बन्धित उद्यमी व्यक्तिलाई लिएर आयोजना गरिएको कार्यक्रममा जिल्ला खादी उद्योग बिभाग अधिकारीले विभाग अनि पिएमजीपी (प्रधानमन्त्री रोजगारी सिर्जना कार्यक्रम) बारे अवगत गराए। पिएमजीपी मार्फत नयाँ उद्योग शुरूवात गर्न विभागबाट प्राप्त हुने सहुलियत अनि प्रक्रियाबारे अधिकारी प्रार्थो भट्टाचार्य अनि सप्नद्वीप थापाले विस्तृत जानकारी गराए । युवाहरूलाई स्वरोजगारको सन्देश दिँदै मुहान क्याफे गत केही महिना अघि सुकेपोखरीका उद्योमी युवाहरूद्वारा शुरू गरिएको क्याफेमा युवाहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको जानकारी सचेत मञ्च संयोजक फुर्बा छिरिङ शेर्पा आशिष साङबोले दिएको छ। साथै विभागको यस पसलप्रति आभार प्रकट गरेका छन्। मुहान क्याफेका संस्थापक निखिल प्रधान, बिशाल तामाङ अनि लेन्जी लमु भोटियाले कार्यक्रमबारे आफ्नो अनुभाव साझा गर्दै योजना युवाहरूको निम्ति असल अनि सुयोग्य रहेको संचार माध्यमलाई सम्बोधन गर्दै बताएका छन् । रिपोर्ट पि छिरिङ सुकेपोखरी ।