
मिरिक:१७ जुलाई(निसं) युवा गीतकार विनय राईको शब्द अनि संगीतकार डुप्छेन लामाको संगीतमा रहेको गीति संगालो “गुराँस फुल्यो ” को आइतबार यहाँको भूतपूर्व सैनिक संगठन भवनमा विधिवत रूपमा लोकार्पण गरियो। मुस्कान राई खेसहाङले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता एसबी गजमेरले गरेका थिए भने गायक उत्तम मणि बोम्जन प्रमुख रूपमा उपस्थित थिए। यसकाबेह वरिष्ठ गायक इन्द्रजित मिजार साहित्यकार अमर दुङमाली, विजय बान्तवा कैलाशी, पूर्ण बान्तवा, गणेश बराईली, अरूण चन्द्र कुलुङ, हाम्रो डुप्टिन पत्रिकाका प्रकाशक भूपू कप्तान मिलन चोङबाङ, संगीतकारहरू संजय राई,पारस घिमिरे लगायत विभिन्न ठाउँबाट आएका अथितिहरूको उपस्थिति रहेको थियो। सहमेन्दु गिती संगालोपछि दोस्रो गिती संगालोको रूपमा लोकार्पण गरिएको “गुराँस फुल्यो”मा नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक ईन्द्रजीत मिजार, रन्जिता सुनार,स्नेह लता गिरी अनि सुजता लामगादेको स्वर रहेको छ भने यस गिती संगालोको निर्माता सुजता सुब्बा हुन्। कार्यक्रम अध्यक्ष एसबी गजमेर, प्रमुख अथिति उत्तम मणि बोमजन लगायत विशिष्ट अतिथिहरुको बाहुलीबाट गुराँस फुल्योको लोकार्पण गरियो भने प्रमुख अथितिले उक्त गीति संगालोको विधिवत रूपमा लोकार्पण भएको घोषणा गरे। कार्यक्रममा गायक गायिकाहरूले गीत प्रस्तुत गरे भने बाल कलाकार ईनुङमा राईले आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। यसरी नै मिरिकका चर्चित स्याक्सोफोन वादक राकेश गोलेले मिठो धुन प्रस्तुत गरे। कार्यक्रममा प्रवेश हाङ्खिमले स्वागत भाषण राखेका थिए । यता कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा गीतकार विनय राई अनि संगीतकार डुप्छेन लामाले भने, आज हामीले आज वरिष्ठ गायक इन्द्रजित मिजार लगायत अन्य गायक गायिकाहरूको स्वरमा रहेको गीति एल्बम सार्वजनिक गर्न सक्यौ। जसका लागि कार्यक्रममा उपस्थिति दिनु हुने सम्पूर्ण अतिथिगणप्रति आभार प्रकट गर्न चाहान्छौ भने। यस एल्बमबाहेक अन्य प्रोजेक्टहरू पनि तयार रहेको तथापि त्यो भन्दा अघि आज सार्वजनिक भएको गीतको म्युजिक भिडियोहरूको काम रहेको बताउदै चाँडै म्युजिक भिडियोहरू दर्शकहरू समक्ष आउने द्वयले बताएका छन्।