
मिरिक २९ जुलाई ( निसं) घर घरमा पानी पुर्याँउने उदेश्यले शुक्रबार साैरेनी बजार सार्वजनिक भवनमा जल परियाेजनाहरूकाे शिलान्यास गरियाे। जीटीए स्वास्थ परिवार जनकल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिगचीले पण्डितकाे मन्त्राेच्चारणकाे साथमा उक्त याेजनाकाे शिलान्यास गरे। यस अवसरभा सभासदहरू मिलेस राई,धुर्ब बमजन,हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राई,भागाेप्रमाे साैरेनी समष्टि सुनिल प्रधान,साँगठनिक सचिव नवराज छेत्री,युवा तृणमूल कंग्रेस मिरिक संयाेजक विकास सुब्बा,विदुर गुरूङ,सतीस थापा,नारी शक्ति महकुमा अध्यक्ष गणिता गुरूङ आदि पनि उपस्थित थिए। सभासद मिलेस राईकाे अध्यक्षता अनि पीएचई विभागका राेशन लामाले संचालन गरेकाे कार्यक्रममा स्वागत मनतब्य भागाेप्रमाे साैरेनी समष्टि सचिव विनय सुब्बाले पाेखेका थिए।
उक्त जल परियाेजना जीटीए पीडब्ल्युसी याेजना अन्तर्गत रहेकाे छ भने उक्त जलपरियाेजना एक कराेड सत्तर लाख त्रिपन्न हजार पाँच सय त्रिपन्न रूपियाँकाे रहेकाे छ भने साैरेनी सष्टिकाे ६५५ वटा घर मा पानी पुग्ने लक्ष्य राखिएकाे छ। शुक्रबार शिलान्यास भएकाे १०वटा याेजना अन्तर्गत मन्जु डाँडा गाउँ,बडाकाेठी गाउँ,छाेटा टिङलिङ,साैरेनी बजार,खाेप्रेल डाँडा गाउँ,कटाहरे फरेष्ट बस्ती,चुवानधुरा,बुङकुलुङ,सिङबली फ्याक्ट्री गाउँ अनि एउटा पूर्ण पानीकाे काम रहेकाे छ। शुक्रबार भएकाे दशवटा पानीकाे याेजनामध्ये नाैवटामा अघिबाट निर्माण गरिएकाे ट्याङ्कीबाट घर घरमा पाइप लगाएर पानी उपलब्ध गरिनेछ भने एउटा पूर्ण नयाँ कार्य हुनेछ।
कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कार्यकारी सभासद अरूण सिगचीले जीटीए बोर्ड गठन भएको एक महिनाभित्र नै दसवटा जल योजनाहरूको शिलान्यास गरेका छौ । जसमध्ये नौ वटा रेट्रोफिटिङ अनि एउटा पूर्ण कार्य गरेको बताए। उनले जीटीएका मूल मुद्धा नै पहाडको सर्वाङ्गिण विकास रहेको कारण अब पहाडमा विकासको मूल फुट्ने बताए। यसका साथै उनले हामीले अनित थापाको रूपमा एकजना कुशल नेतृत्व पाएका छौ भन्दै जीटीए अध्यक्ष अनित थापा पहिलेबाट नै जीटीएको कार्यप्रणालीसँग अवगत रहेको बताए। उनले आफ्नो भावि कार्यक्रमहरूमा सर्वप्रथम आफूले जीटीए बोर्ड गठनपछि भार पाएको स्वस्थ्य विभागलाई योजनावद्ध ढंगमा चलाउने बताए। अस्पतालहरू सरकारले योजनावद्ध ढंगमा सञ्चालन गरिरहे तापनि कतिपय कुरोहरूको जनसाधारणले लाभ उठाउन नसकिरहेको भन्दै उनले सर्वप्रथ जीटीएको स्वास्थ्य विभागलाई सिस्टममा चलानुले वचन दिए। यसबाहेक उनले जीटीए अध्यक्ष अनित थापा आफूहरूको अभिभावक रहेकोले सौरेनीमा हुने सम्पूर्ण शिलान्यासको कार्यक्रममा सर्वप्रथम उनको नाम अङ्कित हुने पनि सिगचीले बताए।कार्यक्रममा बाेल्दै पीएचई विभागका एक्जुकेटिभ इन्जिनियर मणिरत्न मंग्रातीले जल जीवन मिसन अन्तर्गत १० वटा पानीकाे कामकाे शिलान्यास गरिएकाे जानकारी गराँउदै घर घरमा पानी उपलब्ध गराँउने उदेश्यले नै उक्त याेजना अन्तर्गत पानीकाे काम शुरू हुनेछ भने।तिनले मिरिक महकुमाकाे चारवटा समष्टिमा नै पानीकाे काम हुनेछ भन्दै मार्च २०२४ सम्म सबैकाे घर घरमा पानी पुर्याँउने लक्ष्य विभागले राखेकाे छ भने। यस अवसरमा बाेल्दै मुख्य अतिथि हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले सरकारले घर घरमा पानी पुर्याँउने उदेश्यले उक्त याेजना शुरू गरेकाे जसकाे लाभ सबैलाई हुनेछ भने। तिनले जीटीए माफर्त अझ धेरै याेजनाहरू शुरू हुनेछ भन्दै जीटीका सभासदहरूलाई क्षेत्रकाे सर्वार्ङिन विकासमा कार्य गर्ने अनुराेध गरे।