
जी टी एका प्रमुख कार्यपाल अनित थापा लाटपन्चर सिटोङ समष्टिको भ्रमणमा रहेका छन्। भ्रमण विषय उनले भने, “जनताले हामीलाई समस्याहरूको समाधान गर्नुहोस भनेर भोट दिएका हुन्, हाम्रो कर्तव्य अनि जिम्मेवारी समस्याको समाधान गर्नु नै रहनेछन्।
जनताको समस्याहरु बुझ्न हिजो देखि म लाटपन्चर सिटोङ समष्टिको भ्रमणमा छु।आज बिहान देखि नै विभिन्न क्षेत्रका मानिसहरु संग भलाकुसारी गर्दै भोग्नु परिरहेको समस्याहरु नजिकबाट बुझ्ने कोशिश गरिरहेको छु।”
आज बिहान मध्य तुरूक जलेश्वर शिव धाम अनि सांगे छोलिङ गुम्बामा आर्चना गरे पछि लोवर मामरिङ देखि खोला घारी हुँदै जोगिघाटमा आएर स्थानीय जनताहरू संग थापाले बातचित गरे।
बातचितको क्रममा स्थानीय जोगिघाटबासीहरूले यस ठाउँमा रेङखोला माथी रहेको 70 को दशकमा निर्माणाधिन झोलुङ्गे पुललाई सुन्दरीकरण गरिदिने माग गरे त्यसका साथै यस क्षेत्रको भावी सुरक्षाको निम्ति तुरूक खोलामा बाँध निर्माण गरिदिने अनि यस क्षेत्रलाई लिएर बिविध कार्यक्रम सञ्चालन गर्न हेतु कम्युनिटि हल निर्माण गरिदिने लिखित पत्र चडाए।
यी सबै बिषयलाई लिएर स्थानीय सबै प्रकारको कागजात तयार गर्नुपर्ने अनि त्यस पछि यी मागहरूलाई पालैपालो समाधान गरिदिने र सर्वप्रथम झोलुङ्गे पुल सुन्दरीकरण गरिदिने बचन दिए।
श्रावण महिना पावन महिना मानिन्छ। थापाले श्रद्धालुहरुलाई आफ्नो फेसबुक पेज मार्फत भने, “श्रावण महिना पनि लाग्यो। शिव भक्तहरूको निम्ति पावन महिना। आज श्रावणको पहिलो सोमबार। आफ्नो भक्ति अनि आस्थालाई मुर्तता दिँदै आजको दिन अनि यो पावन महिनाको सुरुवात मिडल तुरुक जलेश्वर शिवधाम गई शिव भक्तिबाट सुरु गरेको छु।
सबै श्रद्धालुहरुलाई श्रावण महिनाको पावन प्रणाम।
हामी विभिन्न धर्मका अनुयायीहरु छौं। बेग्ला बेग्लै ईश्वर माथि आस्था राख्छौ। ईश्वर माथि आस्था राख्नु नै मेरो विचारमा ठूलो कार्य हो। धर्म भन्दा पनि ठूलो अध्यात्म लाग्छ। हाम्रो आध्यात्मिकताले हाम्रो कार्यलाई सही मार्गदर्शन गरून्।”