
मणिपुरको पहिरोमा परेर मृत भएका पहाडका गोर्खे जवानहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पार्टी कार्यकर्ता, समर्थक अनि नेतृत्वहरु लाई विजय उत्सवको कार्यक्रम भोलि देखि स्थगित गरिदिने अपिल गरे। उनले भने ,” मणिपुरमा मृत हुने दाज्यु भाइहरू हाम्रै हुन। उनीहरूको मृत्युमा हामीले हाम्रो खुसी मनाउनु उचित होइन। विजय उत्सव को कार्यक्रम भोलि देखि स्थगित राख्ने अपिल गर्दछु। जीतको विजय उत्सव होइन, दुःखित परिवारको घरमा गएर सहायता गरिदिनुहोस।”