
बिजनबारी: झेपी हुदै कैजले ग्रामको आधा दर्जन तल्लो गाउँहरुलाई जोडने झेपी खोलामा निर्मित पुलमा खाल्डो परेपछि स्थानीयहरु ठुलो मर्कामा परेका छन। गत केहि सालदेखि निकै जोखिमपुर्ण रूपमा चल्दै आएको उक्त पुलको मध्यभागमा बर्खाको पानीले खाल्डा परेपछि स्थानीयवासीहरु ठूलो समस्यामा परेका छन। मुख्य रूपमा लोवर बडारे लोवर सिरिसे लोवर लिङतेन तथा गरसिगे लगायतको गाउँहरुको जीवनरेखा मानिने उक्त पुलमा आज एक्कासि खाल्डो परेपछि स्थानीयहरु मर्कामा पर्ने प्रवल सम्भावना बडेको छ। स्मरण रहोस् उक्त पुलकै भरमा सम्बन्धि गाउँहरुमा उत्पादित सागसब्जी दुध लगायतको बस्तुहरु दैनिक रूपमा निर्यात गरिने गरिन्छ भने सम्बन्धि गाउँहरुमा खाद्यान्न बस्तुहरु आयात गरिने गरिन्छ।