
मिरिक:३० जुलाई (निसं) पानीघट्टावासीले सधै हामीलाई साथ दिएको छ, अब हामीले काम गरिदिनु पर्छ,प्रत्येक सभासदहरूले यहाँका स्थानीयहरूको वुनियादी समस्याहरूलाई समधान गर्नु पर्छ। यस क्षेत्रमा विगतमा विकास भएन, चियाबारी बन्द छ, खोलामा गिटी बालुवा समेत उठाउन पाएका छैनन,अब यहाँका स्थानीयवासीहरूले पनि काम गर्न पाउनु पर्छ। उक्त मन्तव्य जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज मिरिक महकुमा अन्तर्गत पानीघट्टा खेल मैदानमा आयोजित बन महोत्सव २०२२ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रकट गरेका हुन्। यहाँका जनताले बगान बन्द भएपछि खोलामा गिटी बालुवा उठाएर जीवन यापन गरिरहेका थिए। तर त्यो पनि बन्द भएको छ। अब जनताले गिटी बालुवा उठाउनु पाउनु पर्छ। उनले कोलाबारी नेपाली हाई स्कूलले अब चाँडै दसौ श्रेणीको मान्यता पाउने वचन पनि दिए।