
मिरिक:२६ जुलाई (निसं) मिरिक थर्बु डुप्टिन समष्टिका मेम्बर अन ड्युटी भार प्राप्त सभासद मिलेश राईले मंगलबार मिरिकको पीएचई कार्यलयको भ्रमण गरि वस्तुस्थितिको जायजा लिए। यसक्रममा मिरिक पीएचई विभागका कर्मचारीहरूले उनलाई खदामाला पहिराएर कार्यलयमा स्वागत जनाए भने राईले कर्मचारीहरूसँग एक सभा गरे। यता पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा पीएचई मिरिक क्षेत्रको भार प्राप्त गरेका सभासद मिलेश राईले आफूलाई जीटीए अध्यक्ष अनित थापाले मिरिक क्षेत्रका लागि मेम्बर अफ ड्युटीको भार सुम्पिएपछि आज
प्रथम भ्रमणमा आएको बताए। विशेष गरि मिरिकले महकुमाको दर्जा प्राप्त गरे तापनि पीएचई विभागको महकुमा कार्यलय हालसम्म पनि खरसाङमा नै रहेको बताउदै आगामी दिनमा मिरिकमा नै पीएचई विभागको महकुमा स्तरीय कार्यलय हुनु पर्ने विषयमा जीटीए सभामा कुरा राख्ने राईले बताए। उनले आफूलाई जीटीए अध्यक्ष अनित थापाले विश्वास गरेर यो भार सुम्पिएको र आफूले पनि निष्ठापूर्वक रूपमा कार्य गर्ने बताए। यसबाहेक पीएचई विभागको अन्य समस्याहरू पनि समधान गर्दै जाने राईले दाबी गरे। अर्कोतिर पीएचई कर्मचारीद्वय रोशन लामा अनि विरेन गुरूङले सभासद मिलेश राईलाई मिरिक क्षेत्रको पीएचई विभागको भार प्राप्त गरेकोमा बधाई दिए। पहिलो भ्रमणमा राईले कर्मचारीहरूलाई कर्म संस्कारको बारेमा अत्यन्तै राम्रो सुझाव दिएको बताउदै मिरिकको पीएचई विभागले अबोप्रन्त उनको सहयोगमा धेरै असल कार्यहरू गर्नेछन् भन्ने कुरोमा आफूहरू आशावादी रहेको उनीहरूले बताए। यसबाहेक राईले पनि आफूहरूलाई आश्वसन दिएको जानकारी गराए ।