
मिरिक महकुमा क्षेत्रका तीनवटा २३ नम्बर,२४ नम्बर अनि २६ नम्बर समष्टिमा यसपाली तृणमूल कंग्रेसले आफ्नो उम्मेद्वार खडा गरेका थिए । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि टीएमसीको गठबन्धनमा खडा गरिएका तीनैजना उम्मेद्वारहरू २३ नम्बरबाट धुर्ब बोमजन,२४ नम्बरबाट मिलेश राई अनि २६ नम्बर समष्टिबाट परेश तिर्कीले विजय हासिल गरेका छन्। जीतपछि आज उम्मेद्वारद्वय धुर्ब बोम्जन अनि मिलेश राई मिरिक आइपुगे भने २६ नम्बर समष्टिका विजयी उम्मेद्वार परेश तिर्की सुकना पानीघट्टा समष्टि प्रस्थान गरे। यसक्रममा मिरिकमा हिल टीएमसी चेयरमेन एलबी राईसँगै विजयी उम्मेद्वारद्वय धुर्ब बोमजन अनि मिलेश राईलाई भव्य स्वागत जनाए।