
मिरिक:२८जून(निसं)जीटीए चुनाउमा जान अघि मिरिकको स्वास्थ्य व्यावस्थामा सुधार गर्छु भनेर धेरै उम्मेदवारहरुले आफ्नो संकल्प पत्रमा ठुल्ठुला अक्षरले लेखेका थिए तर एकतिर जिटिए चुनाव संचालन भइरहेको थियो सोही बेला मिरिक स्वास्थ्य केन्दबाट एउटा भिडियो भाइरल भएको थियो। भिडियो मिरिक स्वास्थ्य केन्द्रको फिमेल वार्डमा फिल्माइएको थियो जहाँ बिरामी अनि विरामी स्यहार गर्नेहरूले झाडु लगाउँदै सफा गर्दै गरेको दृश्य सपाट देखिएको थियो। उक्त भिडियोले अस्पतालको साँचो अवस्था देखाएको छ। यसबारे मिरिक स्वास्थ्य केन्द्रका बिएमओएच डा. टाँसी छिरिङ लामासँग घटनाबारे बुझ्ने प्रयास गर्दा उनले उक्त दिन अस्पतालका सफाइकर्मीहरु इलेक्सन ड्युटीमा खट्नु परेको कारण यस्तो अवस्थाको सृजना भएको बताउदै प्रभावित सबैप्रति क्षमा याचना गरेका छन।