
हालै स्थापना भएको युवाशक्ति सङ्गठन प्लुङ्गदुङ्ग गैरीगाउका युवाहरुले आफ्नो गाउँ आफै सुन्दर बनाउ भन्ने नारा लिएर आज प्लुङ्गदुङ्ग गैरीगाउ मूल सडक किनारमा बिरूवा अनि पुष्परोपण कार्य आयोजना गरेका छन ।
प्लुङ्गदुङ्ग गैरीगाउ मूल सडकमार्गको दयनीय अवस्था हुदाहुदै अनि संबंधित विभागको दृष्टि सो समस्याबाट टाढा रहदा रहदै पनि शिक्षित अनि जागरिला र आफ्नो ग्राम र समाज अनि राष्ट्रको निम्ति केही त योगदान रहनुपर्छ भन्ने सोच पालेर बसेका सचेत युवाहरुले आफ्नो इलाकालाई सुन्दर बनाउन वृक्ष तथा पुष्प रोपनी कार्य गरेका छन जसले पर्यावरणको विशुद्धता र सुरक्षामा पनि सकारात्मक प्रभाव पर्ने विचार युवाशक्ती संगठनका उपप्रमुख प्रीतम शर्मा अनि मुख्य सचीव निकिल छेत्रीले उजागर गरेका छन।
युवाशक्ती सङ्गठन प्लुङ्गदुङ्ग गैरीगाउका युवाहरुले वर्तमानमा पनि मिनि पोस्ट नगद राशी खुल्ला लात्ते भकुण्डो प्रतियोगिता पनि आयोजना गरिरहेका छन र यस प्रतियोगितामा पनि धेरै दलहरुले उल्लासित ढङ्गमा सहभागिता जनाईरहेका छन।
अग्रिम दिनहरुमा पनि युवाशक्ती सङ्गठनले गाउँमा फोहोर व्यवस्थानको परिवन्द मिलाउन सडक किनार र समाजिक क्षेत्रहरूमा डस्टबिन राख्ने निर्णय लिएको जनाएका छन ।
रिपोर्ट लाक्पा छिरिङ शेर्पा (सुकेपोखरी )