
मिरिक:२६ जुलाई(निसं)हिजो मिरिकस्थित थर्बु चियाबगानमा कार्यरत श्रमिकहरुले चितुवा बच्चा फेला पारेका थिए। सोही दिन नै उक्त चियाबगानका सह प्रबन्धक राई साहेबले उक्त बच्चालाई स्थानीय बन अधिकारीलाई सम्पर्क गरि हस्तान्तरण गरेका थिए। मिरिक बन बिभागको तर्फबाट रामु छेत्री लगायत अन्यले उक्त बच्चाको जिम्मा लिएको थिए भने आज दिन खरसाङ वन बिभागका फरेस्ट रेन्जर सिद्धार्थ गुरुङको अगुवाईमा एक टोलिले उक्त बच्चालाई भेटिएको ठाउँमा नै क्यामेरा ट्रापसहित छोडिदिएका छन्। यसो गर्नाले बच्चालाई माउसम्म पुग्न सहज हुने अनि बच्चालाई अन्य ठाउँमा भन्दा बनमा छोडेको नै उचित हुने रेन्जर सिद्धार्थ गुरुङले बताएका छन्। उनले भेटिएको बच्चा ल्योपाड क्याट (leopard cat) प्राजातिको रहेको र मानव जातिको निम्ति उति खतरा नहुने किनकि यो प्रजाति खासै आकारमा ठूलो नहुने बताएका छन्। बच्चा केवल एक देखि डेढ महिना आयुको हुनसक्ने अनुमान पनि बन बिभागका कर्मीहरुको छ।