
गत 23 जूनको दिन दिन पूर्व सिक्किमको जलुकको गनेक डाँडामा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा सिक्किम स्काउटका दुई सैनिकको मृत्यु भएको थियो। जसमध्ये एक सैनिक सुकेपोखरी खण्ड अन्तर्गत राङभाङ बस्ती टिफिन डाँडा निवासी नायक सुवेदार सोमबहादुर सुब्बाको मृत्यु भएको थियो। शहिद नायक सुवेदार सोमबहादुर सुब्बालाई उनको निजी निवासबाट सैनिक सम्मानको साथमा दाह संस्कार गरियो।