
चुङथुङ: गत 29 जुनको दिन उत्तरपूर्वी राज्य मणिपुरको नोनी जिल्लामा भारतीय गोर्खा पल्टनका धेरै जना जवानहरू पैह्रोको चपेटामा परेर ज्यान गुमाएका थिए । ती ज्यान गुमाउने जवानहरू मध्ये एकजना चुङथुङ चियाबारी 86 विभाग लालमान धूरा निवासी 33 वर्षे दिवांकर थापा पनि थिए । हिज साँझ उनको पार्थिव शरीर भारतीय सेनाको जवानहरुले उनको पैतृक जन्मथलो चुङथुङ चियाबारी 86 विभाग लालमान धूरा ल्याइ पुरयाएको थिए भने आज मध्य दिन उनको पार्थिव शरीरको अन्तिम संस्कार हिन्दू विधि विधानको साथमा गरियो भने भारतीय सेनाका जवानहरूले विदाइका बिगुल बजाउँदै उनलाई अन्तिम सलामी दिए । मृतकले आफ्नो 32 वर्षीय धर्मपत्नी अनि आठ वर्षीय छोरालाई छोड़ेर पञ्चतत्त्वमा विलिन भए ।