
सुके-मानेभञ्ज्याङ्ग समष्टिको भागोप्रमो पार्टी उम्मेद्वार उदय देवानलाई यसचोटिको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको चुनावमा विपूल मतले विजयी बनाउनु भएकोमा सम्पूर्ण पार्टी कार्यकर्त्ता, युवा शक्ति ,नारी शक्ति, सुके-मानेभञ्ज्याङ्ग समष्टिको ३३ वटा बुथ लाई सुके-मानेभञ्ज्याङ्ग समष्टिको पार्टी भागोप्रमो युवा शक्ति अनि नारी शक्ति तर्फबाट धन्यवाद दिदै भागोप्रमो युवा शक्ति सुके-मानेभञ्ज्याङ्ग समष्टीको अध्यक्ष टाँसी भोटियाले मिडिया सम्बोधन मार्फत दिएका छन् ।