
कालेबुङ,17 जुन। तृणमूल कांग्रेसको 35 नम्बर समष्टी उम्मेद्वार सुमन गुरुङले आफ्नो चुनावी प्रचार तिब्र पारेका छन्। उनले आज प्रचार प्रसारको अवधिमा नगरपालिका र खासमहल क्षेत्रमा गएर स्थानीय जनतासित प्रत्यक्ष भेटघाट गरिरहेका छन्। यसैगरि उनले ग्रामबासीले भोग्नु परिरहेका समस्याहरूलाई बुझ्ने प्रचेष्टा गरिरहेका छन्। उनले आफूले जितेर आएको खण्डमा प्रचार प्रसार अवधिमा भेटेका समस्याहरूलाई समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छऩ्।