
गान्तोक,7 जुलाई। सिक्किमले पर्यावरणको दिशामा गरिने पहलमा अघिल्लो पङ्कतीमा उभ्याउने विभिन्न उपायहरी अवलम्बन गर्दै आइरहेको छ। यसैक्रममा आज पृथिवी आमाको लागी एक दिन कार्यक्रम अन्तर्गत राज्यपाल गङ्गा प्रसाद, मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयं खऱेटो लिएर सड़कमा ओर्लिएर सफाई अभियान र पौधा रोपण कार्यक्रमलाई नेतृत्व प्रदान गर्न पछि परेनन्। राज्यभरि पालन गरिने राज्य सरकारको यो कार्यक्रम अन्तर्गत बिहान 11 बजीदेखि 11 बजेर 07 मिनटसम्म राज्यभरिको सटकमा चलिरहेको वाहन ठप्प गरेर वायु र ध्वानी प्रदुषणको प्रतिरोधमा प्रतिकात्मक कार्यक्रम सम्पन्न भयो। राज्यपाल र मुख्यमन्त्रीको नेतृत्वमा राजधानी गान्तोकको शीरमा स्थित गणेश टकदेखि स्मृति वनसम्म सटक सफाई र जागरण जुलुसमा सहभागी बने। सटकको दुवै किनारामा छरिएका फोहोर सङ्कलन र सफाई सितै विभिन्न ठाउँमा विरूवा वितरण गर्ने वाहनलाई झण्डी हल्लाएर विदा गरे। उक्त वाहनहरूले विरूवा राज्यको विभिन्न ठाउँमा लगेर वितरण गर्नेछन्। सिक्किम क्रान्तिकारी मोर्चाको सरकार गठन पछि पर्यावरण संरक्षणमाथि यो कार्यक्रमलाई लिएको हो। कार्यक्रमरको उत्तरार्धमा फाम्बोङल्हो वन्यप्राणी उद्यानमा विशेष कार्यक्रम आयोजन गरियो। गोलीटारमा पौधा रोपण कार्यक्रमसितै लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई पारितोषित वितरण गरियो भने गोलीटारमा नवनिर्मित जैवविविधता थेटरको उद्घाटन गरियो। यसैगरि स्कूल नर्सरी योजना फन्डको बारेमा जानकारी दिइएको थियो।