
अहिले घरि पहाड भरि नै नाईरोबी फ्लाई(acid flies)ले गर्दा शहर,कमान,बस्तीमा मानिसहरु दिनो दिन आतंकित बनि रहेका छन्।यस विषयलाई मध्यनजर राखी आज तकभर समष्टि अंतर्गत सोम तेस्रो बिभाग निवासी भरखरै मात्र जिटीए चुनावमा पराजित भएकी स्वतन्त्र उम्मेदवार रेश्मा गुरुङ द्वारा (insecticides) स्प्रे गर्ने कार्य गरेको छ।
उक्त क्षेत्रमा यस्तो नाईरोबी फ्लाई,मछरको टोकाईबाट हुने डेंगो (Dengue)जस्ता प्राण घतक रोगबाट बाच्नलाई उहाँ द्वारा स्प्रे गरिएको जानकारीमा आएको छ। उहाँको भनाई अनुसार दार्जिलिङ पूलबजार खण्डबिकासको माध्यमबाट केमिकल सप्लाइ गरी दिनु भएकोमा आभार व्यक्त गर्दै सम्पूर्ण सिगताम-सोम ग्राम पन्चायत अन्तगर्त नै उहाँको VBD Team द्वारा यसप्रकारको स्प्रे गर्ने कार्य गर्ने छन् भनी गुरुङले बताएकी छिन्। हाम्रो जनसाधारणलाई सचेत गराउदै यस किरा देखि बाच्नलाई गाउँ घर परिसर साफ सफाईमा ध्यान राख्नु पर्ने आवहान पनि गरेका छन। भनिन्छ नि जनताको सेवा गर्नु चुनाव नै जित्नु पर्छ भन्ने छैन। यदि आफ्नो ठाउँको माया छ भने जसरी भए पनि राजनीतिक होस् वा अराजनीतिक क्षेत्रबाट जनसाधारणलाई टेवा पुराउन सकिन्छ। आज उहाँले पहाडको राजनीतिमा नयाँ आयम र कार्यशैलीमा परिवर्तन ल्याउने सन्देश दिँदै आफैलाई भन्छिन् जनताको सेवीका।