
कोलकाता, 6 जुलाई 2022:
मुख्यमन्त्री ममता व्यानर्जीसितको भेटघाटको लगत्तैपछि कोलकाता भ्रमणमा रहेको भागोप्रमो अध्यक्ष अनित थापाले आज दमदम जेलमा गएर आन्दोलनकालमा घर जलाएको आरोपमा परेर भर्खरै कोर्टको फैसला अनुसार जेलमा सजाय भोगिरहेका पहाडका 7 जना दाजुभाई अनि दिदी बहिनीहरुलाई भेट गरेका छन् । उनले उनीहरुको बेलको निम्ति अधिवक्तासंग बात गरेको अनि माथिल्लो कोर्टमा बेलको सुनुवाइको निम्ति पहल पनि गरिरहेको उनले बताएका छन् ।