
सिलगढी | ०६ जुलाई | बुधबार : पश्चिम बङ्गालको सिलगढीबाट नेपालको राजधानी काठमाडौंसम्मको बस सेवा आजबाट सुरु भएको छ ।४० सिट क्षमताको वातानुकूलित बस १० घण्टामा काठमाडौं पुग्ने छ ।
उत्तर बङ्गाल राज्य यातायात निगमले यो कदम चालेको र नेपाल र भारत सरकारबाट कुनै आपत्ति नभएको बताएको छ ।बस सेवा प्रतिव्यक्ति १५ सय रुपैयाँ लाग्ने छ ।
“बङ्गालबाट धेरै पर्यटक र ठूलो संख्यामा मानिसहरु नेपाल घुम्न र आँखाको उपचारका लागि आउने गरेका छन् । यस्तो सेवाको माग धेरै थियो, त्यसैले हामीले यो पहल गर्यौं र अब साप्ताहिक तीन दिन बसहरू सिलगढीबाट काठमाडौ जानेछन् भनि, “NBSTC अध्यक्ष पार्थ प्रतिमले जनाए भने राज्यका परिवहन मंत्री फिराद हाकिमले हरियो झण्डा देखाएर अन्तराष्ट्रिय बस सेवा सुरु गरेको छ ।