
अमर लामा, पार्टी महासचिवले पार्टीको एक वर्षको पार्टीको उपलब्धिलाई आफ्नो सम्बोधनमा राख्दै भने, “एक वर्ष भित्र पार्टीले दार्जीलिङ्ग नगरपालिकामा हाम्रो पद चिन्ह राख्यो, जी टी ए सभाको बोर्ड गठन गर्नु सक्यो। तर सबै भन्दा ठूलो उपलब्धि जी टी ए क्षेत्रमा दुई स्तरीय चुनाव भए पनि पञ्चायत चुनाव गराउने पहल सुरु गर्यौ।”
उनले पार्टीको अन्य उपलब्धि विषय बोल्दै भने, “नेपाली भाषा मान्यता दिवस भब्यताको साथ मनायौं। गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीद परिवारलाई नौकरी दिने हामीले घोषणा गरे अनुसार हामीले 13 शहीद परिवारलाई हिजो मात्र नौकरी नियुक्ति पत्र प्रदान गर्यौ।
जी टी ए को प्रथम सभा बोलाउँदैछौ संभवतः 19 सेप्टेम्बर सभा हुनेछ। जी टी ए सभालाई अन्य कुनै विधान सभा जस्तै चलाउने नियमहरु बनाएका छौ। हामी दुई चार वटा प्रस्तावहरु ग्रहण गर्नेछौ। प्रमुख प्रस्तावमा गोर्खाको शताब्दी पुरानो राजनैतिक आकांक्षा माथि प्रस्तावना ,अस्थायी कर्मचारीहरुलाई स्थायिकरणको प्रस्तावना ग्रहण गर्नेछौ, पर्जा पट्टाको प्रस्तावना रहनेछन्।
हामी हाम्रो सिमाना पनि बढाएर लैजाँदै छौ। एम एम तराई को भूभाग पनि अब जी टी ए अधिनस्थ हुनेछ।”