
मिरिक २३ अगस्त(निसं) गाेर्खा राष्ट्रिय मुक्तिमोर्चा मिरिक ब्रान्च कमिटिले मंगलबार मिरिक ब्रान्च कार्यालयमा सम्पुर्ण गोर्खा नागरिकता दिवस पालन गर्याे।ब्रान्च अध्यक्ष महेन्द्र खड्काकाे अध्यक्षता अनि ब्रान्च सचिव राजकुमार रिजालकाे संचालनमा पालन गरिएकाे नागरिकता दिवस पालन कार्यक्रममा गाेरामुमाे केन्द्रीय महासचिव ऋषि थापा,केन्द्रीय सदस्य विरेन छेत्री,जेबी लिम्बू,अमिताभ गुरूजी,साैरेनी समष्टि अध्यक्ष कर्ण प्रधान ,जीएनडब्ल्युओका अर्पणा भारती,दिल्ली शाखाका अध्यक्ष रूद्ध गुरूङ लगायत युवा संगठन अनि गाेरामुमाे समर्थकहरू उपस्थित थिए।कार्यक्रममा बाेल्दै गाेरामुमाे केन्द्रीय महासचिव ऋषि थापाले दागाेपाप सम्झाैता हुन अघि नेपाली भाषीहरूलाई नेपालबाटबाट आएकाे भनेर शंकाकाे दृष्टिले हेरिन्थियाे। संविधानमा भारतीय गाेर्खाहरूकाे कुनै जातीय चिन्हारी थियाे।तर जब दागाेपापकाे सम्झाैता भयाे गाेर्खा भाषा संविधानमाकाे ब्यावस्थामा उल्लेखित भयाे। यसैले याे एउटा ठूलाे उपलब्धि रहेकाे कारण नै गाेरामुमाेले प्रत्येक बर्ष २३ अगस्तमा नागरिकता दिवस पालन गर्ने गरेकाे बताए।तिनले गाेरामुमाेका संस्थापक अध्यक्ष सुवास घिसिङले ५ अप्रेल १९८० सालमा गाेरामुमाेकाे स्थपना गरेपछि झण्डामा तीनवटा तारा अर्थात तीनवटा लक्ष्य लिएर अघि बडेकाे जसमध्ये दुईवटा लक्ष्य प्राप्त भइसकेकाे बताए।तिनले सुवास घिसिङले जस्ताे गाेर्खाजातिकाे उत्थानकाेलागि गाेर्खाकाे कुनै पनि छाेराले उपलब्धि नगरेकाे दाबी गर्दै सुवास घिसिङकाे कारण नै भारतमा गाेर्खाकाे जातीय परिचयकाे शंकट हटेर गएकाे बताए। अर्काेतिर थापाले जीटीएकाे भविष्य साह्रै राम्राे छैन। हामीले जीटीए चुनाउ गराँउनु चाहेकाे थिएनाै।बंगालकाे इशरामा जीटीए चुनाउ भयाे भन्दै जीटीएमा ज्यादा भष्टचार भएकाे कारण नै केन्द्र सरकारले विभिन्न याेजनामा उपलब्ध गराँउने गरेकाे धनराशि राेकी दिएकाे छ भने। तिनले पिण्डेल भिलेजकाे संरक्षण गर्नु नसक्ने जीटीएले पहाड विकास गर्छु भन्ने कुराे आश्चर्यकाे कुराे हाे भन्दै पहाडमा भष्टचार भएकाे कारण नै मनरेगाकाे काम राम्राेसित हुन सकेकाे छैन।प्रधानमन्त्री आवास याेजना अन्तर्गत घरहरू ठिकसित निर्माण हुन सकेकाे छैन , हाल केन्द्र सरकारले घर घरमा पानी उपलब्ध गराँउने उदेश्यले शुरू गरेकाे जल जीवन मिशनमा पनि सभासदहरूले नरिवल फुटाँउने कार्य गरिरहेकाे छ ।यसमा जनता सचेत बन्नपर्छ भने। तिनले जीटीए कुनै संवैधानिक ब्यावस्था हाेइन।जीटीए पूर्णरूपमा पश्चिम बंगाल राज्य सरकारकाे रिमाेर्टमा चल्ने ब्यावस्था हाे।बंगालले पैसा दियाे भने याे ब्यावस्था चल्नेछ ।बंगालले दिएन भने केही हुदैन ।बंगाल आफै कंगाल छ।यस्ताेमा जीटीएलाई बंगालले कसरी फण्डिङ गर्न सक्छ।याे साेच्ने विषय हाे भने
तिनले गाेरामुमाे समर्थकहरूलाई धर्य गर्ने अनुराेध गर्दै दिल्लीमा राम्राे काम भइरहेकाे छ।चाँडै पहाडबासीले न्याय पाउनेछ अनि शुभ खबर प्राप्त गर्ने धेरै सम्भावना रहेकाे छ भने। कार्यक्रममा बाेल्दै गाेरामुमाे मिरिक ब्रान्च अध्यक्ष महेन्द्र खड्काले सधै झै यसवर्ष पनि गाेरामुमाे मिरिकले नागरिकता दिवस पालन गरेकाे जानकारी गराँउदै उक्त दिन गाेर्खाहरू खाटी भारतीय गाेर्खाहरू हुन भनि संवैधानिक ब्यावस्थामा पाएकाे उपलब्धिकाे दिन हाे भने। कार्यक्रममा केन्द्रीय सदस्य विरेन छेत्री,अमिताभ गुरूजी,अर्पणा पाख्रिन आदिले पनि सम्बाेधन गरे।