
दार्जीलिङ पुलबजार आईसीडीएस प्रोजेक्ट अन्तर्गत झेपी ग्रामको रावली गाऊँ भूजेल गाऊँ आईसीडीएस केन्द्रमा किशोरी दिवस पालन
बिजनबारी: दार्जीलिङ पुलबजार आईसीडीएस प्रोजेक्ट अन्तर्गत झेपी ग्रामको रावली गाऊँ भूजेल गाऊँ आईसीडीएस केन्द्रमा किशोरी दिवस पालन गरियो। कार्यक्रममा अप्पर रमिते, सालेबुङ,मिडल रमिते गुर्दम लगायतको केन्द्रका आगनवादी कर्मी, सहकर्मीहरू लगायत अन्यको उपस्थिति थियो। कार्यक्रममा गैरसरकारी सस्थान बिटनको पक्षबाट दिपिका सेवा फिल्ड फेसिलेटरको उपस्थिति थियो भने उनलेे किशोरीहरूमा हुने बिभिन्न समस्याहरूको बिषयमा अवगत गराए।