
बिजनबारी: जनताको सेवक भन्ने मुलनाराको साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पुल बिजनबारी गोक समष्टिद्वारा बिजनबारी ग्रामीण अस्पताल सरसफाइ सगै अस्पतालका बिमारीहरुलाई आवश्यक समाग्री वितरण गरेका छन। आज पार्टीको स्थापना दिवस कै छेक पारी समष्टि कमिटी नेतृत्वहरु सगै पार्टी कार्यकताहरुले ग्रामीण अस्पताल सरसफाइ गरेको हो। कार्यक्रमलाई समष्टि नेतृत्वहरु सभापति मोहन छेत्री पहलमान तामाङ राजु सुब्बा निलम सुब्बा पासङ तामाङ लगायत नेतृत्व गरेका थिए भने उनीहरूको उपस्थितिमा अस्पताललाई सुन्दरीकरण बनाउने पहल गरियो। कार्यक्रमबारेमा थप जानकारी समष्टि नेत्री निलम सुब्बाले गराएकी छन।