
“अनित थापालाई हामीले पहाडको संग्रक्षक, अभिभावक नेताको रूपमा पाएका छौ। भाषा अनि जातिको संरक्षणको निम्ति हामीले उनलाई सहयोग गर्न हात बढाउनु नै पर्छ।” रेणुलिना सुब्बाले
रेणुलिना सुब्बाले आफ्नो सम्बोधन मा भन्नु हुँदै थियो, “अनित थापा ज्यु, अजय ज्यूलाई आज सम्म मैले सम्मान जनाउनु सकेको थिइन। आजको यो रङ्गमञ्चमा एउटा गोर्खे चेली भएर सम्मान जनाउनु पाउँदा म भाग्यशाली भएको छु।
आजको कार्यक्रम दुई विपक्षी नेतृत्वहरुको संयुक्त कार्यक्रम रहेको पाएँ। आजको दिन टिस्टा अनि रंगितको मिलन भएको छ। गंगा जमुनाकाे मिलन भएको छ। यो एकताले दार्जीलिङलाई अझ हरियाली बनाएर लैजाओस्।
उनको यी दुई शब्द मेरो निम्ति प्रेरणा बनेर रहनेछ। उहाँले भन्नु भयो कि अनित थापालाई हामीले पहाडको संग्रक्षक, अभिभावक नेताको रूपमा पाएका छौ। भाषा अनि जातिको संरक्षणको निम्ति हामीले उनलाई सहयोग गर्न हात बढाउनु नै पर्छ।
रेणुलिना सुब्बा दार्जीलिङ्ग पहाडको भाषा आन्दोलनको आफैमा एउटा इतिहास हुन। उनको आजको सम्बोधन सुने। भाषा आन्दोलन विषय नयाँ कुराहरू जान्नु पाएँ। गोर्खाको इतिहास हो यो। यी कुराहरू हामी प्रत्येकले जान्नु आवश्यक लाग्यो।
उहाँलाई यहाँ विस्तृत रूपमा सुन्नुहोस। यो भाषण होइन, ज्ञान हो।