
गान्तोक, 2 अगस्त। वर्षभरि पशुको भाषाको भाव बुझ्नुपर्ने भनौ पशुप्राणीहरूकै बीचमा बस्ने 15 हजार फिटको उच्चाईमा रहेको लासेर जाछु भेल्लीमा बस्ने दोक्पाहरूले चौरी दौड, ढुङ्गा उचाल्ने र डोरी तान्ने शक्ति प्रदर्शनकारी खेल खेलेर मनाए सालकै सबैभन्दा खुसीको दिन डुक्रपा छेसी। उत्तर सिक्किमको लाचेन जुम्साको प्रशासनिक क्षेत्रमा पर्ने भारत-चीन सीमा नजिक तिब्बती पठारसित नाता जोडिएको लासेर जाछुमा तिब्बती पञ्चाङ अनुसार छैटौ महिनाको चौथो दिन पालन गरिने ड्रुकपा छेसीमा सबैभन्दा चर्चित र चासोको विषय भनेकै याक रेस अर्थात चौरी गाईको दौड हो। सिक्किमको छोग्यालकै पालादेखिको परम्परा अहिलेसम्म जिउँदो राखेर अघि बढाउने अहिलेका पुस्ताले पनि उत्तिकै जोस र जाँगरको साथमा पालन गरिरहेछन् वर्षदिनमा आउने सबैभन्दा खुसीको दिन तथा लोक परम्परा र अध्यात्मसित जोडिएको पर्व ड्रुक्पा छेसी।
सिक्किमको राजधानी गान्तोक र अन्य ठाउँबाट एक दिनको पैदल नाक ठोकिने उकालो हिमाली पठारको यात्रा गरेर पुगिने लासेर ड्रुक्पा छेसीको दिन बिहानै लामाद्वारा पठन गरिएको बौद्ध मन्त्रोच्चारण र वाद्यवादनले रोमाञ्चित बन्छ भने चौरी दौडमा भाग लिने प्रतियोगिहरूले आफ्ना चौरीहरूलाई विभिन्न सुन्दर ढाँचामा सजाएर ल्याउने गरेका हुन्छ। सबैले प्रतियोगितामा जीत हासिल गर्ने प्रतिबद्धतासितै आपसमा उत्साहपूर्ण व्यावहार गरिरहका हुन्छ। यसैगरि लामाको मन्त्रोच्चारणको बीचबीचमा परम्परागत रूपमा गरिने विभिन्न अभियनले छुट्टै आकर्षण उपस्थित पर्यटक तथा घुमन्तेहरूलाई गरिरहेको हुन्छ।
तिब्बती पठारसित जोडिएको लासेर गाउँ लगभग 12 घर धुरी फरक फरक ठाउँमा रहेको हिमाली जन वस्ती हो। समय समयमा परिवर्तन हुने मौसमसितै यी दोक्पा अर्थात चौरी पालकहरूको यायावर जीवन पनि स्थान्तरण भइरहन्छ। तर प्रत्येक अगस्त र सितम्बर महिनाबीच पर्ने ड्रुक्पा छेसी पर्वमा भने यही लासेरमा आइपुगेर चौरी दौड र अन्य लोक जनजीवनले खेल्ने परम्परागत खेलहरूको साथ मनाउँछन् आफ्नो वर्षदिने चाँड।
यस पर्वबारे स्थानीय वरिष्ठ व्यक्ति तथा आयोजक युवा अनि सालौंदेखि यो क्षेत्रको संरक्षणको दिशामा कर्म गर्ने वरिष्ठ पर्यावरण अभियन्ता उषा लाचुङपा अनि लासेर गाउँमा प्रत्येक वर्ष ड्रुक्पाछेसीको पुजा अर्चना गर्दै आइरहेका लामा गुरुको मन्तव्य यसप्रकार रहेका छन्।